दफा
आयोगको गठन

३. आयोगको गठनः

(१) राष्ट्रिय विकासको नीति तथा योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न देहायबमोजिम राष्ट्रिय योजना आयोगको गठन हुनेछ ।
(२) आयोगमा देहाय बमोजिमका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु रहनेछन्ः–

(क) प्रधानमन्त्री – अध्यक्षधधध।बिधअयmmष्ककष्यल।नयख।लउ

(ख) नेपाल सरकारबाट नियुक्त एक जना – उपाध्यक्ष
(ग) नेपाल सरकारबाट नियुक्त बढीमा सातजना – सदस्य
(घ) मुख्य सचिव, नेपाल सरकार – सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(च) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यको नियुक्ति गर्दा विधागत विज्ञता तथा समावेशीकरणको सिद्धान्तको अवलम्बन गरिनेछ ।
(४) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमका उपाध्यक्ष र सदस्यले आयोगको पूर्णकालीन पदाधिकारीको रुपमा कार्य गर्ने छन् ।